Thames River किनारमा रहेको एउटा बारमा छु। अगाडी कर्ल्स्बेर्ग समय विताउने सुरमा छु। तेसैले वियर रित्याई हाल्दिन बरु कचौराको पिनट्स मुठ्याउछु र एक एक गर्दै चपाउछु। Western गीत बजिरहेको छ। अगाडिको कुर्शीमा सानो जिउडालको राम्री केटी देख्छु। शान्त कतै हेरी रहेकी उसको आँखा केहि बेरमै ममा पर्छ। म पनि हेरिदिन्छु। आँखा जुझ्न पुग्छ। उ मुस्कुराउछ अनि म पनि। मिलेको त्यो मुहार, जिन्स पेन्ट र कम्पनी टिसट लगाएकी परी झैँ देखिएको छ।
त्यो रमझम बारमा जाने मेरो कुनै योजना थिएन। न त त्यति राम्री केटी भेटिन्छ भने पनि कुनै कल्पना गरेको थिइन। दिनभरको घुमघाम र किन्मेल पछि वेलुका यो बारमा पुगेको छु। भोलि त दोहा कतार हुदै आफ्नो देश फर्कनु नै छ। चुपचाप डेरामा कोची बस्न धैर्य भएन। घुम्न निस्के, बेलुकाको ७ बजिसकेछ गीत सानो रन्केको छैन "लेट्स गो फर डान्स" शुरीलो आवाज कानमा पर्छ। आवाज छेउबाटै आएको रहेछ, मेरै लागि। अघि कै केटी मलाई नाच्न आग्रह गर्दैछ। हल्लाले सुन्न धेरै ध्यान दिन परेकोछ। उ मेरो नजिक आउछ। कानै टोकौला झैँ गरेर भन्छ "जाने होइन त नाच्न" ! "यो गीतमा होइन" म टार्न खोज्छु। मेरो हात पो तान्न थाल्छ। अगाडी अलिकति खाली ठाउँ छ नाच्ने कोहि छैन, सबै आ-आफ्नो धुनमा कोहि गफ-शफ कोहि शान्त भएर गीत सुनी रहेको झैँ देखिन्छन आ-आफ्नो चुस्कीसंगै। "आउ न जाम नाच्न" उसको ढिपी मायालाग्दो छ "अर्को गीत त बजोस" उसलाई भन्छु यसै भन्दै टारिरहन्छु। उ रिसाए झैँ आ-जाती भएर जान्छे अनि नाच्न थाल्छ। अर्को गीत बज्न थाल्छ...
Excuse Meh! पछाडीबाट फेरी कसैले कोट्याउछ। उनि फेरी आएछ। New Song उ फेरी मलाई नाच्न जाऊ भन्ने इसारा गर्दैछे। मेरो अटेरीपन यहि आएर हार्छ। हातमा पक्रेर बच्चालाई झैँ मलाई डोर्याउछ। मलाई राम्रो नाच्न आउदैन। उसकै नाच्ने चाल पछ्याउछु। अब बिस्तारै रमाइलो लाग्न थालेको छ। गीत सकिए पछि म फेरी टेवल तिर फर्किन्छु। उ पनि छेउमा आएर बस्छ। उसको नाम सोधे, नाम रोज रहेछ, "गुलाफ जस्तै छौ असाधै राम्री" म फुर्काई दिन्छु। अब हामी खुल्न थालेका छौ। उसको घर Plumstead रहेछ बिहान कलेज बेलुकी बारको जागिरे उ हात समातेरै टेबलमा नाच्न थाल्छ। म पनि बेला बेलामा टेबल डान्स गरिदिन्छु। उ अझ नजिक आउछ।
बार बन्द हुने बेला भैसकेछ वेटरहरु कुदा-कुद् गर्न थाल्छन। एउटा वेटर मेरो टेबलमा पनि आउछ र बिल थमाउछ। केटी रोज सकिएको वेयर र वेनको ग्लास लैजान वेटरलाई संकेत् गर्छ। कुराकानी सकिएको छैन तर सक्न बाध्य छु। ओरीपरी हल्ला यसरी बढेकोछ कि हामी एक अर्काले बोलेको सुनिरहेका छैनौ। मोवाइल नम्बेर टिप्न मेरो मोवेइल "ON" हुदैन। बेट्री उफफफा! घडी हेर्छु रातको १० बजिसकेछ। घर पुगेर खाना खानु त छदै छ तर यो निश्चित छ कि उसंगको अपुरो कुराकानीले खाना पछि पनि म भोकै हुनेछु।
"नाइस टु मिट इयु" हात मिलाउदै मलिन मुखले उ धेरै खुशी भएको भन्दै दुवै हातले बेसरी समात्छ । हामी छुट्नु नै छ, म ढोकामा पुगेर पछाडी हेर्छु। उ पनि हेरी रहेको छ वाई वाई हात हल्लाउदै म बाहिर निस्कन्छु...
No comments:
Post a Comment