वसन्तको सिरसिरे वातास पनि तिम्रै।।
आकाशको गडांग-गुडुंग वर्षा पनि तिम्रै।
रोप्छु मानो, दिन्छौ मुरी आन्न पनि तिम्रै।।
चढाएको वासिम छेब्दु वाबु पनि तिम्रै।
धामी र झ्याक्री कुल पित्र, हुईलुंग पनि तिम्रै।।
नाच्दै गाउने जुरेलीको धून पनि तिम्रै।
ढोल र झ्याम्टा भेष-भुषा शिली पनि तिम्रै।।
यालम्वरको धनुष वाण निशान पनि तिम्रै।
शिरबन्दी नाकको मुन्द्री सुन्दरता पनि तिम्रै।।
सप्तरंगी फुल पाती वासना पनि तिम्रै।
वसन्तको सिरसिरे वातास पनि तिम्रै...
"पारुहाङ"
No comments:
Post a Comment